सोमवार, आश्विन १२ गते २०८३

होन्डाको चाडपर्व लक्षित अफरमा नयाँ बाइक तथा स्कुटर किन्दा १ लाख रुपैयाँसम्म जित्ने मौका

आइतवार , आश्विन ११, २०८३

काठमाडौँ । दशैँ, तिहार तथा छठ पर्वको शुभ अवसर पारेर नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि (पद्म ज्योति ग्रुप)ले आफ्ना ग्राहकहरुका लागि यो दशैं, आशाको सुरुवात नामक विशेष र आकर्षक योजना सार्वजनिक गरेको छ।

चाडपर्वको उल्लासलाई थप विशेष बनाउने उद्देश्यका साथ बजारमा ल्याइएको यस योजना अन्तर्गत ग्राहकहरुले होन्डाको नयाँ बाइक तथा स्कुटर खरिद गर्दा स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्मको आकर्षक नगद जित्ने मौका प्राप्त गर्न सक्नेछन्। यस योजनाको सबैभन्दा विशेष र महत्वपूर्ण पक्ष ‘सहयोगको संकल्प’ रहेको छ।

कम्पनीले होन्डा छ साथ साथु अफर मार्फत हरेक हप्ता ७ वटै प्रदेशबाट १/१ जना गरी ७ जना भाग्यशाली विजेता छनोट गर्नेछ, जसमा उनीहरुले १ लाख रुपैयाँसम्म जित्ने अवसर पाउनेछन्। यस अन्तर्गत विजेता ग्राहकले आफूले जितेको रकम प्राप्त गर्नेछन् भने, होन्डा नेपालले विजेताले जितेको सोही बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ। यसरी यस अफरले ग्राहकहरुलाई पुरस्कार जित्ने अवसरका साथसाथै देशको विपत्तिमा परोपकारी कार्यमा प्रत्यक्ष रुपमा जोडिने महान् अवसर समेत प्रदान गरेको छ।

यसका साथै, ग्राहकहरुको थप सुविधा र सन्तुष्टिलाई ध्यानमा राख्दै कम्पनीले अतिरिक्त योजनाको पनि व्यवस्था गरेको छ, जसमा ग्राहकले आफ्नो आवश्यकता र इच्छा अनुसार तीनवटा विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन्। यस अन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन वा ७ वर्षको लागि निःशुल्क सर्भिसिङ वा ५ वर्षको लागि वार्षिक मर्मत सम्झौता मध्ये कुनै एक उत्कृष्ट सुविधा छनोट गरी प्राप्त गर्न सक्नेछन्।

नयाँ बाइक तथा स्कुटर खरिदलाई आर्थिक रुपले थप सहज र पहुँचयोग्य बनाउन यस अफरमा फाइनान्स पार्टनरको रुपमा रहेको स्याकार हायर पर्चेज प्रा. लि. मार्फत निकै सजिलो फाइनान्सिङको सुविधा पनि उपलब्ध गराइएको छ।

चाडपर्वको खुसीसँगै समाज र देशप्रतिको उत्तरदायित्वलाई पनि बहन गर्दै ल्याइएको यस ुयो दशैँ, आशाको सुरुवातु योजनाले सम्पूर्ण ग्राहकहरुको जीवनमा सकारात्मक उर्जा थप्ने विश्वास कम्पनीले लिएको छ। यस योजना अन्तर्गत होन्डा टु-ह्विलर खरिद गर्दा नियम तथा सर्तहरु लागू हुनेछन्। 

योजनासँग सम्बन्धित थप जानकारीका लागि ग्राहक महानुभावहरुले आफ्नो नजिकैको होन्डा शोरुममा सम्पर्क गर्न, कम्पनीको वेबसाइट भिजिट गर्न वा टोल फ्री नम्बरहरु १६६ ०० १ ४६६३२ तथा ९८०१५७११११ मा सम्पर्क गर्न सक्नेछन्।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार