सोमवार, आश्विन १२ गते २०८३

तोलामा ७ सय रुपैयाँ बढ्यो सुनको भाउ

आइतवार , आश्विन ११, २०८३

काठमाडौँ । २ दिनमा ३ हजार ७ सय घटेको सुनको भाउ आज केही बढेको छ। 

सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ बढेर २ लाख ९९ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको बिहीबार तोलामा ३ हजार २ सय घटेको सुनको मूल्य शुक्रबार पनि तोलामा ५ सय रुपैयाँ घटेर २ लाख ९८ हजार ६ सयमा झरेको थियो। 

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेर ४ हजार ६ सय ५५ पुगेको छ। शुक्रबार चाँदीको भाउ ४ हजार ६ सय २० रुपैयाँ थियो। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार