सोमवार, आश्विन १२ गते २०८३

कालीगण्डकी बाढी अपडेट : पर्वतमा ८० घर बगायो

आइतवार , आश्विन ११, २०८३

काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से बस्तीमा ८० घर बगाएको छ ।

बस्तीमा कालीगण्डकीको बाढी पस्दा ८० घर बगाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

शनिबार रातिदेखि नै बाढी बस्तिमा पस्न सुरु भएपछि मानिसहरू सुरक्षित स्थानमा गएका थिए ।मानवीय क्षतिबारे भने अहिलेसम्म केही जानकारी नआएको सशस्त्र प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार