सोमवार, आश्विन १२ गते २०८३

सप्तकोशीमा ३१ ढोका खुला, उच्च खतराको संकेत

शुक्रवार , आश्विन ९, २०८३

काठमाडौँ । सप्तकोशी नदीको जल सतह निरन्तर बढेपछि ब्यारेजका ३१ ढोका खोलिएका छन् ।

त्यहाँ अपराह्न २:१५ सम्म २ लाख ४० हजार ५५५ क्युसेक पानी मापन भएको छ । यो उच्च खतराको संकेत हो ।

बाढी पूर्वानुमान महाशाखाले चतारामा बाढी बढ्दो क्रममा रहेकोले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कोशी परियोजनाका अनुसार पानीको मात्रा बढेसँगै भारतको विहार क्षेत्र पनि जोखिममा परेको छ । नेपालतर्फबाट जति बढी ढोका खोलिन्छ, विहारमा त्यति नै जोखिम बढ्छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार