पाल्पा। जिल्ला पाल्पा रिब्दीकोट गाउँपालिका–६ धुस्तुङ गोलफानमा पहिरोले दुईवटा घर पुरिँदा एक महिला बेपत्ता भएकी छन् ।
अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले स्थानीयका ढुङ्गा माटोले बनेको जस्तापाताले छाएको तीनतले कच्ची घर पुरेको हो ।
पहिरोमा केसुराम सारु मगरकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु घरभित्रै पुरिएर बेपत्ता भएकी हुन । उनका परिवारका अन्य सदस्य भने सकुशल रहेका छन् ।
घरभन्दा करिब २०० मिटर माथि रहेको मोटरबाटोबाट पहिरो तथा लेदो निरन्तर बगिरहेको कारण तत्काल खोज तथा उद्धारमा कठिनाइ भइरहेको र बेपत्ता महिलाको खोज तथा उद्धारका लागि आवश्यक पहल भइरहेको प्रहरीले जानकारी दिएको छ।