काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ १० पैसा र बिक्रीदर १५३ रुपियाँ ७० पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८३ पैसा र बिक्रीदर १७६ रुपियाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ६९ पैसा र बिक्रीदर २०५ रुपियाँ ५० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपियाँ ६५ पैसा र बिक्रीदर १८६ रुपियाँ ३८ पैसा कायम गरिएको छ ।
अस्ट्रलियन डलर एकको खरिददर १०९ रुपियाँ ०८ पैसा र बिक्रीदर १०९ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ३७ पैसा र बिक्रीदर १०९ रुपियाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ८५ पैसा र बिक्रीदर १२० रुपियाँ ३२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ७० पैसा र बिक्रीदर नौ रुपियाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ८६ पैसा र बिक्रीदर २२ रुपियाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७६ पैसा र बिक्रीदर ४० रुपियाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९९ पैसा र बिक्रीदर ४२ रुपियाँ १६ पैसा कायम भएको छ ।