सोमवार, आश्विन ५ गते २०८३

परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान,प्रधानमन्त्री पनि जाँदै

आइतवार , आश्विन ४, २०८३

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालआइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालसहितको टोलीले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउने छ ।

साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ६ असोजमा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार