सोमवार, आश्विन ५ गते २०८३

दीपकदीपाको ‘छ माया छपक्कै २’ फूलपातीमा रिलिज हुने

आइतवार , आश्विन ४, २०८३

काठमाडौँ । दिपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै २’ को पहिलो झलकसहित प्रदर्शन मिति तय भएको छ। यो फिल्म असोज ३१ गते फूलपातीको दिनबाट रिलिज हुनेछ। 

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन कलाकारलाई प्रस्तुत गरिएको छ। जहाँ दीपकराज गिरीसहित अभिनेत्रीद्वय केकी अधिकारी र सनिशा भट्टराई फिचर्ड छन्। 

पोस्टरको केन्द्रमा दीपक बाँसुरी बजाउदै दुई गर्भवती केकी र सनिशासंग रहेका छन्। यसले चलचित्रको कथा सम्बन्ध, परिवार र वैवाहिक जीवनमा आउने उतारचढाव वरिपरि घुम्ने संकेत गर्छ। कमेडी शैलीमा समाजका विषयलाई गहन रुपमा उठाउनु र सन्देश प्रस्तूत गर्नु दिपकराज गिरिका चलचित्रका प्रमुख पाटो हुन्।  

दीपकसहित दीपाश्री निरौलाको प्रस्तुति रहेको फिल्मको निर्माता रोहित अधिकारी हुन्।  दिपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्रको पहिलो भाग सुपरहिट रहेको थियो।  । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार