काठमाडौँ । सरकारले दुई छिमेकीसहित अमेरिकाका लागि राजदूत सिफारिस गर्ने तयारी गरेको छ।
आज बस्ने मन्त्रिपरिषद् बैठकले भारत, चीन र अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गर्नलागेको हो।
यसअनुसार भारतका लागि निश्चलनाथ पाण्डे, अमेरिकाका लागि चिरनजंग थापा र चीनका लागि कल्याण शर्माको नाम सिफारिस गर्ने तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले जानकारी दिए।