सोमवार, आश्विन २६ गते २०८३

कांग्रेस महामन्त्रीमा पौडेल र राणा निर्वाचित

सोमवार , आश्विन २६, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट महामन्त्रीमा प्रदीप पौडेल र उदयशम्शेर राणा विजयी भएका छन् । पौडेलले चार हजार १९४ मत प्राप्त गरे । यस्तै, राणाले दुई हजार ३३० मत पाए ।

महामन्त्रीका उम्मेदवारमध्ये डा सुनिलकुमार शर्माले दुई हजार २५७, गुरुराज घिमिरेले एक हजार ५१३, नैनसिंह महरले एक हजार १३४, अमरसिंह पुन मगरले एक हजार १२५, शङ्कर तिवारीले १२३ र डा सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरे ।


महामन्त्री महिलातर्फ डा डिला सङ्ग्रौला ९पन्त० विजयी भइन् । उनले तीन हजार ११८ मत प्राप्त गरिन् भने महालक्ष्मी उपाध्याय ९डिना०ले दुई हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरिन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार