काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलम सरवारले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गर्नुभएको छ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा सार्कको महत्त्व तथा क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
छलफलमा जलवायु परिवर्तन र विपद् प्रतिकार्यलगायतका क्षेत्रमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले महासचिव सरवारले आफ्नो कार्यकालमा सार्कको संस्थागत विकास तथा क्षेत्रीय सहकार्य प्रवर्द्धनमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै उहाँलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।