सोमवार, आश्विन ५ गते २०८३

एसियाडमा पदकविहीन भइन् एरिका

आइतवार , आश्विन ४, २०८३

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालकी कराते स्टार एरिका गुरुङ पदकविहीन बनेकी छिन्।

जारी एसियाडमा पदकको आशा गरिएकी एरिका महिला ६८ केजी तौलमाथिको स्पर्धामा पदकविहीन बनेकी हुन्। कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा साउदी अरेबियाकी मुस्तफा डिना अहमदसँग ८–७ ले उनी पराजित भइन्। 

सेमिफाइनलमा काजकस्तानकी सोफ्या बेरूत्सेभासँग २–१ ले पराजित भएपछि एरिकाले कांस्य पदकका लागि खेलेकी थिइन्।त्यसअघि एरिकाले जोर्डनकी यारा नासिरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी थिइन्।

१९औँ एसियाडमा एरिकाले करातेबाट नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार