काठमाडौँ । चालू आर्थिक वर्ष २०८३ /८४ को पहिलो दुई महिनामा मुस्ताङको कोरला नाकाबाट १३ सय ५३ युनिट इलेक्ट्रिक कार (ईभी) भित्रिएका छन्।
मुस्ताङ भन्सार कार्यालयका अनुसार साउनमा १०० युनिट र भदौमा १२ सय ५३ युनिट ईभी भित्रिएको हो। उक्त संख्यामा ईभी आयात हुँदा मुस्ताङ भन्सारले २ अर्ब ११ करोड ३१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
गत भदौ १० गतेको बाढीले रसुवागढी भन्सार कार्यालय सहित सडक पूर्वाधार बग्नुका साथै तातोपानी नाका बन्द हुँदा व्यवसायीहरुले मुस्ताङबाट ईभी आयात गरिरहेका छन्।