काठमाडौं । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आजदेखि ५० रुपैयाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याउने भएको छ । केन्द्रीय बैंकले आज सूचना जारी गर्दै साविककै आकार तथा रङमा नयाँ नोट जारी गर्न लागिएको जनाएको छ ।
नोटमा राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलको दस्तखत छ ।