सोमवार, आश्विन ५ गते २०८३

आज चार वटा संसदीय समितिको बैठक बस्दै

शुक्रवार , आश्विन २, २०८३

काठमाडौं । आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छ ।

संसद् सचिवालयका अनुसार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिजिय र श्रम तथा उपभोक्ता हित समिति र राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दै छ ।

शुक्रबार दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

यसैगरी शुक्रबार बिहान साढे ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययनरभ्रमण लगायत समसामयिक विषयमा छलफल गर्न समितिको आन्तरिक बैठक सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार