काठमाडौँ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कर्मचारीहरूले रसुवाको बाढीपीडितको उद्धार, राहत तथा पुनर्नर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।
लिमिटेडमा कार्यरत स्थायी कर्मचारीहरूतर्फबाट कुल ११ लाख ५२ हजार ९ सय ३१ रुपैयाँ कोषमा जम्मा गरिएको हो।
गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै सडक, पुल, खानेपानी, विद्युत, र दूरसञ्चारजस्ता अत्यावश्यक पूर्वाधारहरूमा गम्भीर क्षति पुगेको थियो।
सो बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधारहरूको पुनर्निर्माण कार्यमा सहयोग पुर्याउने उद्देश्यले यो रकम कोषमा दाखिला गरिएको लिमिटेडले विज्ञप्तिमार्फत जनाएको छ।