सोमवार, आश्विन ५ गते २०८३

करदाता प्रोत्साहन उपहार कार्यक्रममा भदौ ७ को उपहार विजेताले एक लाख नपाउने

बिहिवार , आश्विन १, २०८३

काठमाडौँ । सरकारले करदाता प्रोत्साहन उपहार योजना अन्तर्गत उपहार परेका भदौ ७ गतेका ग्राहकले एक लाख रुपैयाँ उपहार नपाउने भएका छन्। 
सरकारले हरेक १५ दिनको खरिद कर्ताहरूको विललाई कुपन बनाएर उपहार घोषणा गर्दै आएको छ।

तर, भदौ ७ गतेको लागि भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम उपलब्ध गराएको व्यक्ति उपहारका लागि छनौट भएका छन्।

कुपन नम्बर ०४२ ६१८ ४७७ ६२० ले भदौ ७ गतेका लागि एक लाख रुपैयाँ उपहार जितेका थिए। उनले त्यसदिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक हजार रुपैयाँ क्यूआरमार्फत उपलब्ध गराएको आन्तरिक राजश्व विभागले बताएको छ। 

तर, करदाता प्रोत्साहन उपहार कार्यक्रमको कार्यविधिले भने त्यसरी राहत कोषमा रकम उपलब्ध गराउने व्यक्ति उपहार कार्यक्रममा योग्य हुने भनेको छैन। सोही कारण भदौ ७ गतेका लागि छनौटमा परेका विजेताले उपहार रकम नपाउने आन्तरिक राजश्व विभागका सूचना प्रविधि निर्देशक थानेश्वर पनेरुले बताए। 

नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘क्यूआरबाट भुक्तानी गर्दा मर्चेन्ट क्याटगोरी कोड (एमसीसी) आएको हुन्छ। सोही आधारमा लक्की ड्रमा छानिने हो। भदौ ७ गतेको लागि परेको त्यो कोड गलत रहेछ। हामीले सिस्टमा सुधार गर्न भनिसकेका छौँ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार