सोमवार, आश्विन ५ गते २०८३

सिद्धार्थ बैंकले २० प्रतिशत लाभांश दिने

बिहिवार , आश्विन १, २०८३

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको २०८३ असोज १ गते बसेको बैठकले आर्थिक वर्ष २०८२\०८३ को वितरणयोग्य मुनाफा तथा ऋणपत्रको पुँजी समायोजन कोषबाट हाल कायम चुक्ता पुँजीको १०५ बोनस सेयर र कर प्रयोजनसहित १०५ नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस सेयर र सोही रकम बराबरको नगद लाभांश वितरण गर्ने प्रस्तव गरेको हो ।

त्यस्तै बैंकले बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको अग्राधिकार सेयरधनीहरूलाई पनि अग्राधिकार सेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्मका लागि ८.२५ प्रतिशतका दरले हुन आउने १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ बराबरको नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार