सोमवार, आश्विन ५ गते २०८३

इजरायलले १४ सय ६४ नेपाली कामदार लैजाने,आवेदन खुला

मंगलवार , भाद्र २३, २०८३

काठमाडौं ।इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहार गर्नगरि कामदारमा आवेदन खुलेको छ ।

वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार एक हजार १३२ जना महिला र ३३२ जना पुरुष गरी कुल १४६४ जना कामदार माग गरिएको हो।

आवेदन दिन २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार