सोमवार, आश्विन ५ गते २०८३

बाढी पीडितलाई जापानको सहयोग

बुधवार , भाद्र १७, २०८३


काठमाडौं ।जापानबाट पहिलो लटको राहत सामग्री आज आइपुगेको छ ।

जापान सरकारले नेपालमा आइपरेको भोटेकोशी हिमबाढीको विपत्मा ऐक्यबद्धता जनाउँदै उक्त राहत सामग्री नेपाल पठाएको हो । 


उक्त राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नेपालका लागि जापानका राजदूत माएदा तोरुले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मानवीय सहायता सामग्री व्यवस्थापन क्षेत्रमा हस्तान्तरण गरे।


जापानका जनता तथा सरकारका तर्फबाट आएको आपतकालीन राहत सामग्रीमा हिमबाढी प्रभावित समुदायका लागि कम्बल, प्लास्टिकका पाता (सिट), सुत्ने म्याट पाल र बोक्न मिल्ने पानीका जार लगायत दैनिक उपभोग्य सामग्री समावेश रहेका छन् । 


हिजोमात्र नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र जापानका प्रधानमन्त्री सानाए ताकाइचीबीच भएको उच्चस्तरीय टेलिफोन वार्ता भएको थियो ।

जसमा जापान नेपालको साथमा रहेको र यस कठिन परिस्थितिको सामना गर्न आफ्नो क्षमताले भ्याएसम्म सबै सहयोग गर्ने प्रतिबद्धता जापानका प्रधानमन्त्री सानाएले व्यक्त गरेका थिए ।


जापान सरकारले आज पठाएको राहत सामग्रीहरूले विपत्बाट प्रभावितहरूले भोगिरहेको कठिनाइ कम गर्न मद्दत पु¥याउने अपेक्षा राखेको जनाएको छ ।

साथै, प्रभावित क्षेत्रहरूमा पुर्नस्थापना र पुर्ननिर्माणका प्रयासहरू निरन्तर अघि बढ्ने र प्रभावित नागरिकले आफ्नो सामान्य तथा शान्तिपूर्ण जीवन छिटो फेरी सुरु गर्न सक्ने विश्वास पनि जापान सरकारले व्यक्त गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार