सोमवार, आश्विन ५ गते २०८३

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री डा. एस जयशंकर बीच भेटवार्ता*

शुक्रवार , आश्विन २, २०८३


काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री  डा. एस जयशंकर बीच भेटवार्ता छ ।


भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँदिल्लीमा भेटवार्ता भएको हो ।

भेटमा न्यानो, बलियो भरपर्दो सम्बन्धको आडमा द्विपक्षीय सहकार्य, उन्नयन र समुन्नतिको पहल विभित्र विषयमा छलफल भएको छ । 


नयाँदिल्लीस्थित नेपाली दूतावासकाअनुसार भेटमा 
मन्त्री डा. वाग्लेले रसुवामा भर्खरै गएको आकस्मिक बाढीपछिको उद्धार तथा राहत कार्यमा पुर्‍याएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गरे ।


भेटमा नेपाल-भारतबीचको दीर्घकालीन मित्रतालाई अझ प्रगाढ बनाउने तथा विशेष गरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने उपायहरूमाथि उनीहरूले छलफल गरे। 

यसअघि अर्थमन्त्री डा.वाग्लेले शुक्रबार भारतीय उच्च कूटनीतिज्ञसँग छलफल गगरेका थिए । भ्रमणको पहिलो दिन उहाँले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेट गरेका थिए।

सो क्रममा उनीहरूबीच द्विपक्षीय आर्थिक हित र सहकार्यका सन्दर्भमा छलफल भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार