काठमाडौँ । यसपालि दसैँमा उपत्यकामा करिब एक अर्ब रुपियाँ बराबरको खसीबोका र च्याङ्ग्राको कारोबार भएको छ ।
दसैैँको एक सातामा बजारमा ९७ करोड रुपियाँ बराबरको ४० हजार खसीबोका र च्याङ्ग्रा कारोबार भएको चौपाया खरिदबिक्री सङ्घले जनाएको छ । गत वर्ष एक अर्ब १६ करोड रुपियाँ बराबरको कारोबार भएकोमा यो वर्ष बजारमा माग कम हुँदा कारोबारमा समेत कमी आएको हो ।
सङ्घका अध्यक्ष जीवनराज खड्काले गत वर्षभन्दा यसपालि १५ हजार सङ्ख्यामा खसीबोकाको बिक्री कम भएको बताए । गत वर्षको दसैँमा ५५ हजार च्याङ्ग्रा बिक्री भएकोमा यो वर्ष ४० हजारमा सीमित रहेको उनको भनाइ छ । सङ्घका अनुसार कलङ्की खसीबजारमा अघिल्लो दसैँमा २४ हजार खसीबोका बिक्री भएकोमा यसपालि १७ हजार मात्र बिक्री भए । अन्य बजारमा २३ हजार खसीबोका र च्याङ्ग्रा बिक्री भएका छन् ।
प्रत्येक वर्ष दसैँमा उपत्यकामा ठुुलो सङ्ख्यामा खसीबोका कारोबार हुने हुँदा व्यवसायीले विभिन्न जिल्लाबाट ल्याएर बिव्रmी गर्ने गर्छन् । दसैँमा अधिकांशले मासुु खाने भएकाले पनि उपत्यकामा खसीबोकाको खपत धेरै हुने गर्छ ।
१० भदौमा गएको भोटेकोशीको बाढीले धेरैको घरमा शोक परेको र मूूल्य नै बढेकाले खसीबोकाको खपत घटेको खड्काको भनाइ छ । बजारमा खसीबोकाको आयात कम भएको र प्रतिकेजीमा दुुई सय रुपियाँसम्म मूल्य बढ्दा माग कम भएको उहाँको भनाइ छ । व्यवसायीका अनुसार मूल्य बढेकाले उपभोक्ताले एउटा सिङ्गै खसी काट्ने गरेकोमा दुुईरचार केजी मासुु लगेर दसैँ मनाएका छन् ।
सङ्घका अनुसार जिउँदो खसीबोका प्रतिकेजी ८७० रुपियाँदेखि ९२० रुपियाँसम्म बिक्री भएको छ । गत वर्ष जिउँदो खसीबोकाको प्रतिकेजी ७२० रुपियाँदेखि ७५० रुपियाँ मूल्य रहेको थियो ।
च्याङ्ग्राको मूल्य गत वर्ष प्रतिकेजी एक हजार तीन सयदेखि एक हजार चार सय रुपियाँसम्म रहेकोमा यो वर्ष एक हजार २५० रुपियाँमा बिक्री भएको छ ।
विगतका वर्षभन्दा यसपालि कम सङ्ख्यामा खसीबोका भित्रिएकाले कारोबार नै कम भएको व्यवसायीको भनाइ छ ।