सोमवार, आश्विन ५ गते २०८३

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमवार , भाद्र ८, २०८३

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ५० पैसा र बिक्रीदर १७९ रुपैयाँ २० पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०९ रुपैयाँ २३ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९० रुपैयाँ ७९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११० रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ०१ पैसा र बिक्रीदर १११ रुपैयाँ ४४ पैसा, सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ ३६ पैसा र बिक्रीदर १२० रुपैयाँ ८४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । 

मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । 

स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १४ पैसा र बिक्रीदर १६ रुपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८८ पैसा र बिक्रीदर २३ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १९ पैसा र बिक्रीदर ५०० रुपैयाँ १५ पैसा तोकेको छ । 

बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ३६ पैसा बिक्रीदर ४०६ रुपैयाँ ९५ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ५१ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार