काठमाडौँ ।इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि आएका दर्जनौं परकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
उद्धार अधिकारीका अनुसार भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छालसमेत रेकर्ड भएका थिए।भूकम्प गएको करिब तीन घन्टापछि सुनामी चेतावनी हटाइएको थियो।
माउमेरे सहर आसपासको क्षेत्रमा मात्रै २० जनाको शव भेटिएको, ६ जना घाइते भएको र दुई जना भग्नावशेषमा फसेको उद्धार अधिकारीहरूले बताएका छन्।