बुधवार, श्रावण २७ गते २०८३

रवि लामिछानको चीन भ्रमण भदौ ७ देखि १४ गतेसम्म, यि नेतासँग हुनेछ भेट

बुधवार , श्रावण २७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको चीन भ्रमणको मिति तय भएको छ । रास्वपा स्रोतका अनुसार लामिछाने भदौ ७ गतेदेखि १४ गतेसम्म चीन भ्रमणमा जाने भएका छन् । 

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा लामिछाने पहिलो पटक उत्तरी छिमेकी देशको भ्रमणमा जान लागेका हुन्। रास्वपाले सत्ता सम्हालेपछि लामिछानेको दोस्रो विदेश भ्रमण हुन लागेको हो । उनी यसअघि भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने भारत भ्रमण गरेका थिए। 


बेइजिङमा लामिछानेको उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँग भेट लगभग तय भएको छ। उनको पहिलो भेट भने सीपीसीको विदेश विभागका प्रमुख लिउ हाइसिङसँग हुनेछ, जसले यो भ्रमणमा उनलाई निम्त्याएका हुन्।

लामिछानेले पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जनाइएको छ, जसमा उनकी पत्नी निकिता पौड्याल पनि हुनेछिन्। बोइजिङपछि लामिछाने प्रतिनिधिमण्डल तिब्बतको कैलाश मानसरोवरसम्म जाने तय भएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार