आइतवार, श्रावण २४ गते २०८३

ब्रोड पिक हिमपहिरोः  चार आरोहीको शव फेला

शुक्रवार , श्रावण १५, २०८३

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता भएको स्थानमा ४ जनाको शव भेटिएको छ । पाकिस्तानमा रहेको विश्वकै १२ औँ अग्लो हिमाल ‘ब्रोड पिक’ (८,०४७ मिटर) मा हिमपहिरोमा परी विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाई)सहित १० सदस्यीय अन्तर्राष्ट्रिय टोली बेपत्ता छ।

अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान खानले इन्स्टाग्राममार्फत दिएको जानकारी अनुसार घटनास्थलबाट उद्धार टोलीले हालसम्म ४ वटा शव फेला पारेको छ। यद्यपि, फेला परेका शवहरूको पहिचान अझै हुन सकेको छैन् ।

अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान खानले भनेका छन्, ‘उद्धारकर्ता र आवश्यक सामग्रीसहित उद्धार हेलिकप्टरहरू ब्रोड पिकमा खटाइएको छ। यसैबीच, स्थलगत उद्धार टोलीले हालसम्म ४ वटा शव फेला पारेको छ।’

अध्यक्ष खानका अनुसार बेपत्ता आरोहीहरूको खोजी तथा उद्धारका लागि आवश्यक उपकरणसहित उद्धारकर्ताहरू बोकेका हेलिकप्टरहरू ब्रोड पिक क्षेत्रमा परिचालन गरिएको छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार