सोमवार, आश्विन ५ गते २०८३

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा तोकिएको छ ।
 
यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८१ पैसा कायम गरिएको छ । 
 
अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५४ पैसा तोकिएको छ ।
 
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६४ पैसा र बिक्रीदर २१ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ५८ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा कायम भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार