सोमवार, आश्विन ५ गते २०८३

नयाँ बसपार्कमा धादिङ–काठमाडौं रुटको बसमा आगलागी

सोमवार , आश्विन ५, २०८३

काठमाडौं ।काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरी राखिएको धादिङ–काठमाडौँ रुटको बा ३ ख ५०४३ नम्बरको बसमा आइतबार राति करिब १० बजे अचानक आगलागी भएको छ।

प्रत्यक्षदर्शीका अनुसार रोकिराखेको बसमा एक्कासी आगो लागेपछि बस पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगलागीको खबर पाएपछि केही बेरमै घटनास्थल पुगेको दमकल, प्रहरी र स्थानीयको संयुक्त प्रयासमा करिब आधा घण्टामा आगो नियन्त्रणमा लिइएको थियो।

आगो समयमै नियन्त्रणमा आएकाले थप दुर्घटना तथा आसपासका अन्य सवारीसाधनमा क्षति हुनबाट जोगिएको छ। घटनामा कुनै मानवीय क्षति भएको छैन।

बसमा आगलागी हुनुको मुख्य कारण भने खुल्न सकेको छैन।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार