विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा हिजो साँझ भएको घटनामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ ।
देवानगञ्ज गाउँपालिका वडा नम्बर १ मध्य हर्षाहीस्थित बिपी चोकमा दुई समूहबीचको झगडामा स्थानीय नीरजकुमार यादव घाइते भएका थिए । प्रहरीले सुरुमा यादवलाई गोली हानिएको बताएको भए पनि अनुसन्धान भइरहेको बताएको छ ।
घटनामा संलग्न २ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज–२ का १८ वर्षीय विष्णु कुमार यादव र २६ वर्षीय लाली भन्ने जयकृष्ण यादवलाई नियन्त्रणमा लिइएको छ । सुनसरी प्रहरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।