सोमवार, आश्विन ५ गते २०८३

धनकुटामा गाडी दुर्घटना : १ जनाको मृत्यु, १० घाइते

आइतवार , आश्विन ४, २०८३

काठमाडौँ । धनकुटाको छथरजोरपाटी गाउँपालिका -३ बञ्चरेस्थित भित्री सडक खण्डमा आज बिहान टाटासुमो गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

​काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को। १ ज २४९४ नम्बरको गाडी आइतबार बिहान अन्दाजी ८:१५ बजेतिर ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी छथरजोरपाटी गाउँपालिका-३ की ६० वर्षीया शोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको हो। 

​प्रहरीले सबै घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार