सोमवार, आश्विन ५ गते २०८३

साझा यातायातले सञ्चालनमा ल्यायो थप ६ रुटमा २८ वटा विद्युतीय बस

आइतवार , आश्विन ४, २०८३


काठमाडौँ । काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले साझा यातायातले शनिबारदेखि ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ ।

 संविधान दिवसको अवसर पारेर कम्पनीले हाल सञ्चालनमा रहेको रात्रिकालीन सेवालाई चार गुणाले विस्तार गरेको हो ।

काठमाडौँ महानगरपालिका र साझा यातायातको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि सुरु गरिएको रात्रिकालीन सेवाको प्रभावकारिता र विस्तारका लागि महानगरपालिकाले एक विशेष कार्यदल गठन गरेको थियो ।

सुरुवाती तीन महिना (वैशाख–असार) मा ७ वटा विद्युतीय बसमार्फत २ वटा रुटमा मात्र सेवा सञ्चालन गरिएको थियो । सोही सेवाको प्रभाव र विस्तारबारे अध्ययन गर्न गठित कार्यदलले हालै आफ्नो प्रतिवेदन कार्यवाहक मेयर सुनिता डंगोलसमक्ष बुझाएको थियो । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार