काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि दोलखामा संयोजक र सहसंयोजक तोेकेको छ ।
इतर समूहको १५ औं केन्द्रीय महाविधेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले दोलखामा संयोजक र सहसंयोजक तोेकेका हुन् ।उनले महाधिवेशनको तयारीका लागि ताराकुमार खड्कालाई संयोजक र जयराम श्रेष्ठलाई सहसंयोजक तोकेका हुन् ।
जिल्ला संयोजक तोकिएका नेता खड्का १४ औं महाधिवेशनमा दोलखा सभापतिमा बर्मा लामासँग पराजित भएका थिए ।