काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली एन्फा कार्यालयमा छापा मार्न पुगेको छ ।
एन्फाका विषयमा प्राप्त केही उजुरीका आधार खोजी गर्न टोली पठाइएको सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्देवीले बताए ।
सीआईबीको टोलीले कार्यालयबाट केही कागजात नियन्त्रणमा लिएको छ ।