सोमवार, आश्विन ५ गते २०८३

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायू श्रेष्ठ नियुक्त

शुक्रवार , आश्विन २, २०८३

काठमाडौं । सरकारले नेपाल विद्यूत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

यसअघि उनी वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक तथा कामू कार्यकारी निर्देशक थिए ।

सरकारले सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ ल्याएपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य पदमुक्त भएका थिए र सो पद खाली थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार