सोमवार, आश्विन ५ गते २०८३

अडिट–३ टनेलभित्र अल्झिएका ६ शव फेला

शुक्रवार , आश्विन २, २०८३

रसुवा । भोटेकोशी बाढीपछि थुनिएको त्रिशूली हाइड्रोको परियोजना १ भित्र ६ वटा शव फेला परेको छ ।ती शवलाई ग्रीन्डर ग्याँस कटर र रोटरी रेस्क्युको प्रयोग गरी बाहिर निकालिएको छ ।

नेपाली सेनाका अनुसार संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट ३ टनेलभित्र ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेका ६ शव फेला परेका हुन् ।


टनेलभित्र हिलोमा छोपिएको अवस्थामा अन्य शवजस्तो आकृति देखिएकोले उक्त इलाकामा खोजी कार्य भइरहेको सेनाले उल्लेख गरेको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार