सोमवार, आश्विन ५ गते २०८३

असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत

शुक्रवार , भाद्र २६, २०८३

काठमाडौं । प्रतिनिधिसभाको बैठकको असोज १५ सम्मको सम्भावित कार्यतालिका आवश्यक परिमार्जनसहित स्वीकृत भएको छ ।

आज सभामुख डीपी अर्यालले राखेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यतालिका तय गरेको हो।

बैठकले असोज १५ गतेसम्मको सम्भावित कार्यतालिकामाथि छलफल गरी आवश्यक परिमार्जनसहित स्वीकृत गरेको सभामुखको सचिवालयले जनाएको छ।

दसैँअघि बैठक असोज १६ गतेसम्म सदन चलाउनबारे छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार