सोमवार, आश्विन ५ गते २०८३

काठमाडौंमा विस्तार हुँदै रात्रिकालीन यातायात सेवा

सोमवार , भाद्र २२, २०८३

काठमाडौं । काठमाडौंमा रात्रिकालीन यातायात सेवा विस्तार गर्ने तयारी गरिएको छ । त्यसका लागि अन्तर नगर यातायात सञ्जाल विकास गरिने काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिएकी छिन् ।

उपत्यकाका स्थानीय तहको सहभागिता सुनिश्चित गरेर दिगो प्रणाली स्थापना गर्ने तयारीमा महानगर छ । १ वैशाख २०८३ देखि काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा सञ्चालन गरेको रात्रिकालीन यातायातको प्रभाव र सेवा विस्तार अध्ययन तथा सिफारिस कार्यदलले आफ्नो प्रतिवेदन महानगरलाई बुझाएको छ ।

काठमाडौँ महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित समितिले यस्तो अध्ययन गरेको थियो । समितिमा महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत विपुल तिवारी, सिभिल इञ्जिनियर आँचल आचार्य, साझा यातायातका सहायक प्रबन्धक इञ्जिनियर जनक रिसाल र यातायात व्यवस्थापन अधिकृत शंकर बस्याल सदस्य थिए ।

प्रतिवेदनमा परीक्षणकालीन सेवाको ३ महिना अवधिको समीक्षा गरिएको छ । यस अवधिमा ६६ हजार ९५२ जना यात्रुले सेवा लिएको पाइएको छ । एउटा बसले दैनिक औसत १४२ जना यात्रु बोक्ने गरेको र यसबाट दैनिक ३ हजार १३४ रुपैयाँ आम्दानी भएको छ । एक बसको दैनिक सञ्चालन लागत ४ हजार ८१४ रुपैयाँ रहेको छ । यसरी हेर्दा दैनिक प्रतिबस १ हजार ६९० रुपियाँ (करिब ३५ प्रतिशत) घाटा भइरहेको प्रतिवेदनले औँल्याएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार