काठमाडौं । आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदिश खरेलका अनुसार भोटेकोशी बाढीबाट भएको क्षति, खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाको विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दैछ ।
दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने भएका हुन् ।