काठमाडौं ।केही विश्वविद्यालयका ऐन संशोधनसम्बन्धी विधेयक तयार गर्नुअघि आज सबै संघिय विश्वविद्यालयका उपकुलपतिसहित विस्तृत छलफल सम्पन्न भएको छ।
छलफलमा सम्बन्धित विश्वविद्यालयका ऐनमा गर्नुपर्ने संशोधन, विश्वविद्यालयको स्वायत्तता, सुशासन, शैक्षिक तथा प्रशासनिक सुधार र समसामयिक आवश्यकताअनुसार कानुनी व्यवस्था परिमार्जन गर्ने विषयमा सुझाव तथा राय लिइएको छ।