सोमवार, आश्विन ५ गते २०८३

चार विधेयक छलफलका लागि संसदीय समितिमा

सोमवार , भाद्र ८, २०८३

काठमाडौँ । प्रतिनिधि सभाले चार विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ ।

सभाको सोमवारको बैठकले विधेयकहरूमाथि प्राप्त संशोधन र सैद्धान्तिक छलफलपछि दफावार छलफलका लागि सम्बन्धीत समितिमा पठाएको हो ।

बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको हो।

परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउन गरेको प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ । यो विधेयक अन्तराष्ट्रिय सम्बन्ध समितिमा पठाइएको छ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी पस्श्तुत गरेको विधेयक समेत सभाले स्वीकृत गरेको छ । यो विधेयक महिला तथा सामाजिक समितिमा पठाइएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गरेको प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ । चारवटै विधेयकमाथि सम्बन्धी समितिमा दफाबार छलफल हुनेछ ।

छलफलपछि सरकार तथा सरोकारवालासँग छलफल गरेर आवश्यक परिमार्जनसहित संसदमै फिर्ता गर्नेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार