बुधवार, भाद्र ३ गते २०८३

त्रिवि प्रवेश परीक्षामा सुधार : परीक्षाकै दिन नतिजा सार्वजनिक

आइतवार , श्रावण ३१, २०८३

काठमाडौं ।त्रिभुवन विश्वविद्यालय,विज्ञान तथा प्रविधि अध्ययन संस्थानले २०८३ सालको लागी स्नातक तह सूचना प्रविधि विषयको प्रवेश परीक्षा  एकै दिनमा सम्पन्न नतिजा समेत प्रकाशित गरेको छ । 
सूचना प्रविधि विषय लिई उच्चशिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरुको पहिलो रोजाईमा रहेको  विषयको प्रवेश परीक्षामा देशभरी ७५६  कोटाका लागी तिन हजार पाँच सए एकासी विद्यार्थीले प्रवेश परीक्षाका लागी आवेदन दिएकोमा ३२२३ तिन हजार दुइ सए तेइस जना विद्यार्थी उपस्थित भएका थिए ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानको उक्त शैक्षिक कार्यक्रम देशका १५ वटा त्रिविका  आंगिक क्याम्पसहरुमा मात्रै उक्त विषय अध्ययन/अध्यापन हुँदै आइरहेको छ ।

उपत्यकाका चारवटा क्याम्पसहरु पाटन संयुक्त क्याम्पसमा १०८ कोटा, भक्तपुर बहुमुखी क्याम्पसमा १०८, अमृत क्याम्पसमा ७२ र पद्यकन्या क्याम्पसमा ७२ कोटा रहेको छ ।

देशभरीका १४ वटा सेन्टर ( उपत्यकाभित्र ३ र बाहिर ११) मा सञ्चालित प्रवेश परीक्षामा ओएमआर प्रणालीवाट उत्तरपुस्तिका परिक्षण गरी एकै दिनमा नतिजा प्रकाशन गरिएको त्रिभुवन विश्वविद्यालयका निमित्त शिक्षाध्यक्ष एवं  विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा शंकर प्रसाद खनालले जानकारी दिए।


प्रवेश परीक्षालाई थप व्यवस्थित बनाउँदै गएको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले २०८३ साउन २४ गते सम्पन्न स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयको प्रवेश परीक्षाको नतिजापनि एकै दिनमा प्रकाशन गर्न सफल भएको थियो ।

उक्त प्रवेश परिक्षामा ८ हजार २६ जना विद्यार्थीहरु सहभागी रहेको र अध्ययन संस्थानले कर्णाली प्रदेशमा आफनो कुनै शैक्षिक कार्यक्रमहरु नभएता पनि कर्णाली प्रदेशका विद्यार्थीहरुको सहजताका लागी सुर्खेतमा परीक्षा केन्द्र राखी प्रवेश परिक्षामा संलग्न कर्णालीका विद्यार्थीहरुलाई प्रोत्साहित गरेको विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डीन डा कोमलराज रिजालले जानकारी गराए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार