सोमवार, श्रावण २५ गते २०८३

कांग्रेसको २८ बुँदे लुम्बिनी संकल्प जारी, अनावश्यक संरचना खारेजीदेखि खर्च कटौतीसम्म

बुधवार , जेठ २०, २०८३

वुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशले २८ बुँदे लुम्बनी संकल्प जारी गरेको छ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित लुम्बिनी प्रदेशस्तरीय प्रदेश तथा स्थानीय तहका पार्टी पदाधिकारी र जनप्रतिनिधिको २ दिने भेला तथा तथा कार्यशालाले २८ बुँदे लुम्बिनी संकल्प जारी गरेको हो ।

कांग्रेसको प्रदेश स्तरीय जनप्रतिनिधिको भेला तथा कार्यशालाले प्रदेश सरकारको संरचनात्मक र व्यवस्थापकीय सुधार गर्ने संकल्प पनि गरेको छ । त्यसका लागि अनावश्यक संरचना खारेज वा समायोजन गर्नेदेखि खर्च कटौती सम्म गर्ने संकलपमा उल्लेख गरिएको छ । 

साथै, प्रदेश सरकारले स्थानीय सरकारहरुसँगको समन्वय र साझेदारीमा प्रभावकारी सेवा विस्तार गरिने भेलाले संकल्प गरेको छ । संकल्पमा प्रदेश तथा स्थानीय सरकारका तर्फबाट पनि नागरिकको आत्मसम्मान र प्रक्रियागत शुद्धतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्ने उल्लेख छ।

लुम्बिनी प्रदेशमा कांग्रेस नेतृत्वका स्थानीय सरकारहरुले गरेका सफल अभ्यास र नवीन सिर्जनात्मक अभियानहरूलाई एक–अर्काले अवलम्बन गर्ने बताइएको छ ।

वित्तीय अनुशासन पालना गर्दै सबै स्थानीय सरकारहरुले असार १० भित्र बजेट पेश गर्ने, योजना तर्जुमाका सातै चरण पालना गर्ने र ’शून्य बेरुजु स्थानीय सरकार’ निर्माण अभियानको अग्रसरता लिँदै खर्चको मापदण्ड कडाइका साथ पालना गर्ने कांग्रेसले जनाएको छ ।

निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा भन्दा बाहिर गई अपारदर्शी वा अनुत्तरदायी रूपमा हचुवाका भरमा हुनसक्ने कुनैपनि निर्णय वा योजना छनौट प्रकृया रोक्न ’योजना बैंक’ बनाइ सो मार्फत मात्र योजना छनोट र कार्यान्वयन गर्ने भेलाले प्रतिबद्धता व्यक्त गरेको छ ।

अनुत्पादक क्षेत्रमा लगानी नगर्ने। तीन तहको सरकारबीच योजना बैंकमा तादात्म्यता ल्याउन र सो को अनिवार्य पालना गर्न प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्ने लगायतका विषय पनि संकल्प पत्रमा समेटिएको छ । 

पार्टी सभापति सभापति गगनकुमार थापाले उद्घाटन गरेको भेलामा कांग्रेसको केन्द्र र प्रदेशका पदाधिकारी र पार्टीका तर्फबाट संघिय तथा प्रदेश सांसदसँग छलफल भएको थियो । साथै, पालिकाका पार्टी पदाधारीकारी र जनप्रतिनिधिहरुबीच पनि समूहगत छलफल गरिएको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार