शुक्रवार, आश्विन १६ गते २०८३

सेयरबजारमा देखियो सामान्य अंकको सुधार

बिहिवार , आश्विन १५, २०८३

काठमाडौँ । निरन्तर घटिरहेको सेयरबजारमा बिहीबार भने सामान्य अंकको सुधार देखिएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा पुगेको हो। 

यस दिन ४ अर्ब ८९ करोडको कुल कारोबार भएको छ। १ करोड २० लाख कित्ता किनबेचमा यो परिमाणमा कारोबार भएको हो। बिहीबार कुल १३९ वटा सेयरको मूल्य बढे पनि १२८ वटाको घटेको र १२ वटाको स्थिर छ। 

बढेकामध्ये सिन्धु विकास बैंक १०.११ प्रतिशतले बढ्नेबाहेक बाँकीमा ९.३५ प्रतिशतसम्म मात्र वृद्धि देखिएको छ। त्यसगरी आजको कारोबारमा ९.६६ प्रतिशतसम्म गिरावट देखिएको छ। कारोबार समेत आज ३० करोडसम्म देखिएको छ। 

यस दिन वाणिज्य बैंक, विकास बंक, फाइनान्स, जलविद्युत् बढे पनि बाँकी समूह घटेका छन्। 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार