शुक्रवार, आश्विन १६ गते २०८३

सुनको भाउ आज स्थिर

बिहिवार , आश्विन १५, २०८३

काठमाडौँ । हिजो बढेको सुनचाँदीकै भाउ आज स्थिर छ। 

दुई दिनमा तोलामा ८ हजार ८ सय रुपैयाँ घटेर बुधबार तोलामा २ हजार ८ सय रुपैयाँ बढेको सुनको भाउ आज स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनको भाउ आज तोलाको २ लाख ९३ हजार ३ सय रुपैयाँमै स्थिर रहेको हो। सोमबार तोलामा ५ हजार घटेको सुनको भाउ मंगलबार पनि तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको थियो। 

त्यसैगरी आज चाँदीको मूल्य पनि पनि ४ हजार ४ सय २५ रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार