सोमवार, आश्विन ५ गते २०८३

उच्च अदालतमा तीन न्यायाधिस सिफारिस,सर्वोच्चको रजिष्ट्रारमा दाहाल र कट्टेल प्रस्तावित

मंगलवार , भाद्र ३०, २०८३


काठमाडौँ। न्याय परिषद् र न्याय सेवा आयोगको मंगलबार बिहान बसेको बैठकले उच्च अदालतका लागि तीन जना न्यायाधीश सिफारिस गरेको छ।  उच्च अदालतमा सिफारिस हुनेहरूमा सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल रहेका छन्।

त्यस्तै कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेलाई उच्च अदालत जनकपुरमा सिफारिस गरिएको छ। फैसला कार्यान्वयन महानिर्देशनालयका गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरमा सिफारिस गरिएको छ।

यसैगरी बैठकले बाबुराम दाहाल र ठकेन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिष्ट्रार पदमा सिफारिस गरेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार