काठमाडौं। पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका पर्वतारोहीहरूको खोजी तथा उद्धार अभियान जारी रहेका बेला शुक्रबार चार जनाको शव फेला परेको छ।
चार जनामध्ये दुई जनाको पहिचान भएको पाकिस्तानी सञ्चारमाध्यम डनडटकमले लेखेको छ।
पहिचान खुल्नेमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङ रहेका छन्।
पाकिस्तानको अल्पाइन क्लबका अनुसार १० सदस्यीय आरोहण टोलीमा छ जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ पर्वतारोही थिए।