बुधवार, आश्विन १४ गते २०८३

सुनको मूल्यमा आज पनि व्यापक गिरावट

मंगलवार , आश्विन १३, २०८३

काठमाडौँ । सोमबार तोलामा ५ हजार घटेको सुनको भाउ आज पनि व्यापक मात्रामा घटेको छ। 

सुनको भाउ आज तोलामा ३ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९० हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ २ लाख ९४ हजार ३ सय थियो। दुई दिनमै सुनको भाउ तोलामा ८ हजार ८ सय रुपैयाँ घटिसकेको छ। 

त्यसैगरी आज चाँदीको मूल्य पनि व्यापक मात्रामा घटेको छ। तोलामा २ सय ६० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ३ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। 

हिजो पनि चाँदीको भाउ तोलामा १ सय ४५ रुपैयाँ घटेको थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार