शुक्रवार, आश्विन ३० गते २०८३

दुर्गा प्रसाईंले भदौ २० र २१ गते बोलाए केन्द्रीय भेला

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले केन्द्रीय भेला बोलाएका छन् ।

अभियानको स्थापनाकालदेखि वर्तमानसम्म विभिन्न तह र जिम्मेवारीमा रहेर सक्रिय योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूलाई समेटेर भेला गर्न लागिएको उनले बताएका छन् । भेला भदौ २० र २१ गते हुने उनले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भेलामा संस्थापक सदस्यहरू, वडा अध्यक्षहरू, पालिका अध्यक्षहरू, जिल्ला अध्यक्ष तथा सचिवहरू, अञ्चल अध्यक्ष तथा सचिवहरू, विभागीय समितिका प्रमुखहरू, केन्द्रीय सदस्यहरू, सचिवालय सदस्यहरू तथा सल्लाहकार समितिका सदस्यहरूलाई अनिवार्य उपस्थित हुन उनले आह्वान गरेका छन् ।

प्रसाईंका अनुसार भेला १०ः ३० बजे भक्तपुरमा हुनेछ । चैत १५ गते तीन कुनेमा भएको राजावादी आन्दोलनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका उनी केही दिन अघिमात्र रिहा भएका थिए । रिहापछि उनले आफ्नै नेतृत्वमा दल खोल्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार