बिहिवार, आश्विन २९ गते २०८३

परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानले गरे शिष्टाचार भेटवार्ता

बिहिवार , आश्विन २९, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

परराष्ट्र मन्त्रालयमा भएकाे भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै उहाँको सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

सो अवसरमा दुवै पक्षले नेपाल-पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा छलफल गर्नुभयो।

नेपाल र पाकिस्तानबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि उहाँहरूबीच छलफल भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार