शनिवार, आश्विन १७ गते २०८३

सुनचाँदीकै मूल्यमा वृद्धि

शुक्रवार , आश्विन १६, २०८३

काठमाडौँ । आज सुनचाँदीकै मूल्य बढेको छ। सुनको भाउ आज तोलामा १ हजार ५ सय रुपैयाँ बढेर २ लाख ९४ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यसअघि गत सोमबार मंगलबार दुई दिनमा तोलामा ८ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार तोलामा २ हजार ८ सय रुपैयाँ बढेको थियो।
 
बिहीबार भने सुनको भाउ तोलाको २ लाख ९३ हजार ३ सय रुपैयाँमै स्थिर थियो।  

त्यसैगरी आज चाँदीको मूल्य पनि पनि तोलामा २५ रुपैयाँ बढेर ४ हजार ४ सय ५० पुगेको छ। बिहीबार चाँदीको भाउ ४ हजार ४ सय २५ रुपैयाँ थियो। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार